Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा सशस्त्र प्रहरी जवानमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरी जवानमाथि गोली प्रहार भएको छ । जिल्लाको रामनगर गाउँपालिका–६ सिसौट बजारमा शुक्रबार साँझ खाजा खाइरहेका स्थानीय सुरेश साहमाथि गोली प्रहार भएको हो ।

उनी सशस्त्र प्रहरी जवान रहेको खुलेको छ । गोली लागेका सुरेशको अवस्था गम्भीर रहेको बताइएको छ । साह काभ्रपलान्चोक १५ नम्वर गणमा कार्यरत छन् । घाइते साहको प्रादेशिक अस्पतालमा केही बेर राखेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मामाको छोरासँग लेनदेन विषयमा विवाद बढेपछि साहमाथि गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाइते साहका मामाका छोरा धनकौल गाउँपालिका–६ धोविनिया टोलका रामप्रवेश साहसँगै रहेका दुईजना घटनापछि फरार रहेका छन् ।

रामप्रवेशलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । यस्तै फरार रहेका दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077