Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड नेतृत्वको सरकार किमार्थ मानिँदैन, कांग्रेससँग सहकार्य हुनसक्छ : सूर्य थापा

बुटवल । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्युठानका प्रतिनिधिसभा सदस्य सूर्य थापाले एमालेले फेरि पनि वाम गठबन्धनको नाममा सरकार नबनाउने दाबी गरेका छन् ।

बिहीबार बुटवलमा आयोजित नेकपा एमाले रुपन्देही-प्यूठान सम्पर्क मञ्चको बधाइ तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीहरूसँगको भेटघाटमा बोल्दै नेता थापाले यस्तो दाबी गरेका हुन् ।

उनले वाम गठबन्धनको बाहानामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई प्रधानमन्त्री बनाएर जाने कुरा स्वीकार गर्न नसकिने बताए । एमाले माओवादी मिलेर बनेको नेकपामा प्रचण्ड र माधव कुमार नेपालको पार्टी कब्जा गर्ने गलत मनशायका कारण समस्या पैदा भएको उनको भनाई छ ।

‘केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरे प्रचण्डलाई स्वीकार गर्छौं तर, प्रचण्ड नेतृत्वको सरकार किमार्थ मानिँदैन। कसैले बनाउने प्रस्ताव गरे संसदीय दल, पोलिटव्यूरो र केन्द्रीय समितिमै मैले नोट अफ डिसेन्ट लेखेर विरोध गर्छु,’ थापाले भने ।

यस्तै उनले स्थायी सरकार बनाउनका लागि नेकपा एमाले र नेपाली कांग्रेस मिलेर जानुको विकल्प नरहेको बताए । एमाले र कांग्रेस मिलेर स्थायी सरकार बनाउने गरी जनादेश दिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077