Online Nepal
  • बुधबार, २ माघ २०८१
  • चार महिनामा ८.०८ प्रतिशत बढ्यो महँगी

    चार महिनामा ८.०८ प्रतिशत बढ्यो महँगी

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 708
    SHARES

    काठमाडौं । २०७९ कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ८.०८ प्रतिशत रहेको छ ।

    नेपाल राष्ट्र बैंकको चार महिने तथ्यांक अनुसार अघिल्लो वर्षको सोही महिनामा ६.०४ प्रतिशत रहेको यस्तो मुद्रास्फीति बढेर ८.०८ प्रतिशतमा पुगेको हो ।



    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहमा १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थमा ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डामा ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा ९.१९ प्रतिशत र मदिराजन्य पेय पदार्थमा ८.८४ प्रतिशतले महँगी बढेको छ ।

    गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप-समूहको मूल्य सूचकाङ्क १७.७१ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले बढेको छ ।

    कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत छ। गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत छ।

    सबैभन्दा धेरै तराईका बासिन्दाले महँगीको मार खेपिरहेका छन्। राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मुद्रास्फीति छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार