Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्र बैंकको चेतावनी - अनलाइन बेटिङ गरेको पाईएमा बैंक खाता रोक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका सट्टेबाजीमा संलग्न व्यक्ति,समूह र संस्थालाई कारबाही गर्ने भएको छ ।

पछिल्लो समय वल्र्डकपमा बाजी राख्ने र विद्युतीय माध्यममार्फत भुक्तानी बढेको आंशकामा केन्द्रिय बैंकले अनलाइन जुवा र बाजीजन्य कार्यमा संलग्न हुनेलाई कारबाबही गर्न लागेको हो ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्ता क्रियाकलापमा सहभागि हुनेको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबार समेत रोक्का राख्ने बताएको छ ।

बैंक तथा वित्तिय संस्थाले जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोवाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन केन्द्रिय बैंकले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077