Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकपमा मेस्सीको ११ औं गोल, गाब्रिएलको कीर्तिमान तोडियो

काठमाडौं । कतार विश्व कप फुटबलमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले पाँच गोलका साथ सर्वाधिक गोलकर्तामा फ्रान्सका किलियन एम्बाप्पेसँग बराबरी गरेका छन् ।

लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको खेलमा जुलियन अल्भारेजले २ र कप्तान मेस्सीले १ गोल गरे । मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् । मेस्सी अर्जेन्टिनाका लागि ११ गोलका साथ विश्व कपको सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।

मेस्सीले विश्व कपमा ११ गोल गरेर ग्याब्रिएल बाटिस्टुटाको कीर्तिमान तोडेका छन् । बाटिस्टुटाले १० गोल गरेका थिए । मेस्सीले फिफा विश्व कपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान पनि बराबरी गरेका छन्।

मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान बराबरी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077