Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकार विरोधी प्रदर्शनमा इरानमा दोस्रो व्यक्तिलाई मृत्युदण्ड

एजेनसी । इरानमा सरकार विरोधी प्रदर्शनका लागि अर्का एक व्यक्तिलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको छ ।

हिरासतमा मसाह अमिनीको मृत्यपछि भड्किएको प्रदर्शनमा पक्राउ परेका माजिद्रेजा रहनाभार्डलाई मसदको अज्ञात सार्वजनिक स्थानमा मृत्युदण्ड दिइएको हो ।

उनी दुई सुरक्षाकर्मीको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । तस्बिरमा एक व्यक्तिको हात बाँधिएको र क्रेनको सहयोगमा फाँसी दिइएको देखिन्छ ।

यसअघि सरकार विरोधी प्रदर्शन गरेको आरोपमा पहिलो बन्दी मोहसिन शेखरीलाई गत बिहीबार फाँसी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077