Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कारण छैन : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याउनु सकारात्मक भएको बताएकी छन् ।

अध्यक्ष श्रेष्ठले अध्यादेश ल्याउनु आफुहरुका लागि सकारात्मक कुरा भएको बताएकी हुन् । उनले राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण हुने विश्वाससमेत व्यक्त गरिन् ।

श्रेष्ठले अध्यादेश प्रमाणीकरण भएपछि आवश्यक कार्यविधि बनेर रेशम चौधरी रिहाइ हुने दाबी गरिन् । सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कारण नरहेको उनले बताइन् ।

रेशम चौधरी सोमबार नै छुट्ने भन्दै नागरिक उन्मुक्तिका कार्यकर्ता डिल्लीबजार कारागार पुगेका थिए ।

त्यसपछि श्रेष्ठले अध्यादेशको प्रक्रिया केही दिन लाग्ने बताएपछि उनीहरु फर्किएका थिए । टीकापुर घटनामा दोषी ठहर भई रेशम चौधरी जेल सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077