Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमत नयाँ, शैली पुरानै : सरकार गठनमा सर्तैसर्त, सिके र रेशमको दलको भाउ बढ्दै

काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट देशले नयाँ जनमत पाए पनि प्रमुख राजनीतिक दलका तिनका नेताको शैली पुरानै देखिएको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ २ सय २० जना सांसद चयन भइसकेका छन् । समानुपातिकतर्फबाट प्रतिनिधिसभामा सात दलले निर्वाचन आयोगलाई १ सय १० सांसदको नाम बुझाइसकेका छन् । आयोगले आफ्नो प्रक्रिया पूरा गरेपछि उनीहरू निर्वाचित भएको घोषणा गर्छ ।

सबै दलले प्राप्त गरेको मतका आधारमा हेर्दा वर्तमान सरकार बहुमतीय आधारबाट नै बन्ने पक्का छ । त्यसैले सरकार गठनका लागि दलैपिच्छेका सर्तसमेत सुरु भइसकेको छ ।

प्रदेशसभामा सातै प्रदेशमा गरी प्रत्यक्षतर्फ ३ सय ३० सांसद चयन भइसकेका छन् भने समानुपातिकतर्फबाट २ सय २० जना चयन भएर निर्वाचित हुने प्रक्रियामा छन् । योसँगै प्रतिनिधि र प्रदेशसभामा जमतबाट सांसद चयन हुने एउटा महत्वपूर्ण प्रक्रियाको समापन भइसकेको छ ।

सबैगरी प्रतिनिधिसभामा २ सय ७५ जना अनुहार निर्वाचित हुनेछन् । प्रदेश सभामा सातै प्रदेशमा गरी ५ सय ५० जना सांसद चयन हुनेछन् । प्रदेश र प्रतिनिधिसभामा गरी ८ सय २५ जना सांसद पाँचवर्षे कार्यकालका लागि जनताको प्रतिनिधिका रूपमा केन्द्र र प्रदेशमा रहनेछन् ।

तर, सरकार गठनको अलमल र खिचातानी भने निर्वाचनअघिकै जस्तो छ । प्रतिनिधि सभामा कुनै एक दलको बहुमत नपुग्दा सरकार गठनको प्रक्रिया सजिलो छैन । सातै प्रदेशमा पनि प्राप्त परिणामले कुनै पनि एक दललाई सरकार बनाउन सुविधा दिएको छैन । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077