Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीकेको राजनीतिक भेटघाट तीव्र : एकैदिन ओली, उपेन्द्र र महन्थसँग छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं । राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सीके राउतले आज पनि भेटवार्तालाई निरन्तरता दिएका छन् ।

मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको नतिजा आएसँगै राजनीतिक भेटघाटमा व्यस्त रहेको उनले आज पनि भेटवार्तालाई निरन्तरता दिएका हुन् ।

आज उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् । यी तीन नेतासँग गरेको भेटको तस्वीर राउतले बुधबार साँझ आफ्नो फेसबुकमार्फत सार्वजनिक गरे ।

राउतले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न राजनीतिक दलका नेताहरुलाई भेटेका थिए ।

राउत सप्तरी-२ बाट जसपा अध्यक्ष यादवलाई पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077