Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सरकार गठनमा गठबन्धनको गतिविधि नियाल्दै एमाले

    सरकार गठनमा गठबन्धनको गतिविधि नियाल्दै एमाले

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 675
    SHARES

    काठमाडौं । कांग्रेससहितका दलहरूले वर्तमान सत्ता गठबन्धनबाटै नयाँ सरकार गठन हुने बताइरहँदा एमालेले भने ‘पर्ख र हेर’ को नीति अख्तियार गरिरहेको छ ।

    त्यसकारण नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले अहिलेको गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। पनि एमालेले सरकार गठनका लागि कुनै पहल थालेको देखिन्न ।



    प्रत्यक्षतर्फ ४४ सिटमा जित निकालेको एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने पक्का छ । यस हिसाबले एमाले ७८ सिटसहित दोस्रो दल बनेको छ । कांग्रेस प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटसहित पहिलो दल बनेको छ ।



    यी दुई दलले सरकार गठनको पहल लिनुपर्नेमा कांग्रेसले आफू नेतृत्वको सत्ता गठबन्धन र एमालेबाहेकका दलहरूलाई मिलाएर सरकार गठनको पहल गरिरहेको छ । एमालेले भने देखिनेगरी कतै कुनै पहल गरेको छैन । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार