Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेयर बजार २४ अङ्कले घटेर राताम्मे, डेढ अर्बको सेयर खरिदबिक्री

काठमाडौं । शेयर बजार आज साेमवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ४६ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ विन्दुमा झरेको छ ।

आज नेपाल स्टक एक्सचेन्जमा डेढ अर्ब बढीको सेयर किनबेच भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार २४० कम्पनीको १ अर्ब ६७ करोड बढीको सेयर कारोबार भएको हो।

सोमबार २६ हजार ४ सय ७५ पटकको कारोबारमा ४१ लाख कित्ता सेयर बिक्री भएको हो। योसँगै सोमबार १४ कम्पनीको मात्रै सेयर बढेको छ भने १८१ कम्पनीको घटेको छ।

आज लगानीकर्ताले ३.१२ प्रतिशतसम्म कमाएका छन् भने ७.३७ प्रतिशतसम्म गुमाएका छन्।

रिडी पावरको ३० करोडको र शिवम् सिमेन्टको २० करोडको सर्वाधिक सेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077