Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेडिकल काउन्सिलको सदस्यबाट तोसिमा कार्कीले दिइन् राजिनामा

काठमाडौं । ललितपुरको क्षेत्र नम्बर ३ बाट विजयी बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छन् ।

प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा.कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् ।

तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077