Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खुल्यो भारतीय पक्षबाट बन्द रहेको पुल

दार्चुला । आज बिहान भारतीय पक्षबाट बन्द रहेको पुल खुलाइएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको धार्चुलाका एसडीएम देवी शासनीबीच कुराकानी भएपछि पुलमा आवतजावत सुरु भएको हो।

भारतले महाकाली नदीको धार नेपाल फर्किने गरी निर्माण गरिरहेको विरोधमा आइतबार बङ्गाबगरका स्थानीय र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि सीमा नाकामा समस्या सिर्जना भएको थियो ।

हिजो नेपाली नागरिकले सिमा पुल बन्द गरेका थिए । नियमित रूपमा बिहान ७ बजे सञ्चालन हुने सीमा पुल नेपाल क्षेत्रबाट समयमै ताल्चा खोलिएको थियो ।

९ बजेपछि भने सीमा पुलमा दुवै देशका नागरिक सहज रूपमा आवतजावत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077