Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सोमबार बिहानबाटै दार्चुलामा नेपाल–भारत पुल बन्द, आवतजावत ठप्प

दार्चुला । दार्चुलाको सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुल भारतीय पक्षले बन्द गराएका छन् । सोमबार बिहानबाटै भारतीय पक्षले नेपाल–भारत सीमा पुल बन्द गराएका हुन् ।

महाकाली नदीमा तटबन्ध निर्माणको क्रममा भएको विवादमा आइतबार नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान भएको थियो ।

महाकाली नदीको यो पुल भएर नेपाल–भारत ओहोरदोहोर गर्ने गरिन्छ। यसअघि आइतबार पनि नेपाली पक्षले तटबन्ध निर्माणको विरोधमा पुल बन्द गरेका थिए ।

भारतीय नागरिकले आइतबारको घटनालाई लिएर बिहानैदेखि महाकाली नदीमाथिको पुल बन्द गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

पुल बन्द भएपछि नेपाल र भारतका स्थानीय दुवैतिर आवतजावत गर्न पुल खोलिने पर्खाइमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077