Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ढुंगा हानाहानपछि बन्द नेपाल–भारत पुल खुल्यो, स्थिति सामान्य

दार्चुला । महाकाली नदीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध बनाउन थालेपछि आन्दोलनमा उत्रेका दार्चुलाबासीले बन्द गराएको पुल खुलाइएको छ । ढुंगा हानाहानपछि बन्द गरिएको नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुल प्रहरीले खुलाएको हो ।

नाका खुलेपछि महाकाली वारिपारि दुवै देशतर्फ फसेका यात्रु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार दिउँसो स्थानीयहरूले केही समय पुल बन्द गराएका थिए ।

‘अहिले पुल खोलिएको छ। यहाँको अवस्था सामान्य छ,’ उनले भने । विरोध गरिरहेकाहरुमाथि भारततर्फबाट ढुंगा प्रहार गरेका थिए ।

दुवैतर्फबाट भएको ढुंगा हानाहानमा चार जना नेपाली सामान्य घाइते भएका छन् । आइतबार दिउँसो ४ बजेबाट बांगाबगरका स्थानीय महिला र पुरूषको समूह आएर पुलमा ताल्चा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077