Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाजुरामा कांग्रेसका बद्री पाण्डे २६ सय मतले अगाडि, पछिपछि कर्ण थापा

बाजुरा। बाजुराको प्रतिनिधिसभाको पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार ७०४ मतगणना गर्दा पाण्डेले १२ हजार ७०५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत ल्याएका छन्।

एमालेका उम्मेदवार थापाको गृहनगर बूढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।

यस्तै, प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले सात हजार ५२५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बलदेव रेग्मीले सात हजार २०७ मत प्राप्त गरेका छन्।

यस प्रदेशको स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना भइरहेको छ।

यसैगरी प्रदेशसभा (ख) मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले नौ हजार २२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले सात हजार ४४७ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार थापाले कांग्रेसका उम्मेदवार शाहीलाई एक हजार पाँच सय ७५ मतले पछ्याइ राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077