Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोलखा र स्याङ्जामा मतगणना जारी, बाजुरामा रोकियो

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउन तीन क्षेत्रको मात्र बाँकी रहेको छ ।

मतगणना भईरहेको दोलखा, बाजुरा र स्याङजा २ को मतपरिणाम आउन बाँकी रहेको छ ।

अन्य क्षेत्रको शुक्रबार बिहान १० बजेसम्म १६५ क्षेत्रमध्ये १६२ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

जसमा नेपाली कांग्रेसले ५५ स्थानमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४४ स्थानमा जित हासिल गरेको छ।

यस्तै, माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७–७ स्थानमा जित हासिल गरेको छ ।

मंसिर ४ गते विवादका कारण मतगणना र मतदान रोकिएको क्षेत्रमा बिहीबारदेखि मतणना जारी छ । जहाँ तीन स्थानमध्ये कांग्रेसले २ क्षेत्रमा अग्रता लिएको छ भने माओवादीले १ क्षेत्रमा अग्रता लिएको छ ।

बाजुरामा भने मतगणना रोकिएको छ। बिहीबारदेखि मात्र मतगणना सुरु गरिएकोमा आज बिहानबाट विवादका कारण पुन: मतगणना रोकिएको छ।

हिमाली गाउँपालिका–६ स्थित धिम मतदान केन्द्रमा गरिएको मुचुल्काभन्दा ४० मत बढी भेटिएपछि मतगणना रोकिएको जनाइएको छ। नेकपा एमालेका प्रतिनिधिले विरोध गरेपछि मतगणना रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077