Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

म्यादी प्रहरी थिइन् घाँटी रेटी हत्या गरिएकी माया, सशस्त्रका जवानमाथि आशंका

बैतडी । घाँटी रेटी हत्या गरिएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएका छन् ।

मृतकका आफन्तले शिवनाथ गाउँपालिका-४ सोलपला घर भएका सशस्त्र प्रहरी जवान भरतराम कोलीको नाममा किटानी जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार कोलीको नाममा किटानी जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको छ ।

उनी फरार रहेका छन् । आरोपित कोलीले केही दिन अगाडि मायाको मोबाइल खोसेको र मोबाइल लैजान बोलाएर हत्या गरेको परिवारको दाबी छ । सो घटनामा १५ वर्षीया बालिका नेहा लुहार घाइते अवस्थामा भेटिएकी थिइन् । उनको उपचार डडेल्धुरा अपस्तालमा भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घाइते बालिकाले दिएको बयानअनुसार घटनामा सशस्त्र प्रहरी बलमा कार्यरत गाउँकै स्थानीय युवा कोलीको हात रहेको खुलेको हो । मृत भेटिएकी माया लुहार भर्खरै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा समेत खटिएकी थिइन् ।

मंगलबार घरबाट लुगा सिलाउन भनी कुलाउ गएकी माया बुधबार शिवनाथ-६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन् । उनको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077