Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री खाँण र सीके राउतबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार साँझ गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भेटवार्ता भएको हो ।

गृहमन्त्री खाँण र राउतबीच केन्द्र र मधेस प्रदेश सरकार गठनबारे कुराकानी भएको बताइएको छ ।

भेटमा गृहमन्त्री खाणले राउतलाई प्रतिनिधि सभा सदस्य निर्वाचित भएकोमा बधाई समेत दिए ।

राउतले यसअघि बिहीबार नै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077