Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवालाई भेटेलगत्तै प्रचण्ड भेट्न खुमलटार पुगे सीके

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे लगत्तै राउत बिहीबार साँझ प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

प्रचण्ड र राउतबीच बधाई तथा शुभकामना साटासाट भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताइन् । सत्ता गठनको प्रक्रिया नजिकिएसँगै नेताहरूले भेटघाटलाई तीव्र पारेका छन् । यसअघि राउतले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरुको सरकार बनाउन आग्रह गरेका थिए । छलफलको क्रममा जनमत पार्टीका अध्यक्ष राउतले आफू सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077