Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मलेसियाका राजा अब्दुल्लाहको सगरमाथा हेर्ने चाहना, नेपाल भ्रमणको निम्तो

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

बिहीबार क्वालालम्पुरस्थित राजदरबारमा आयोजित कार्यक्रममा राजा सुल्तान अब्दुल्लाहसमक्ष राजदूत पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

कार्यक्रममा राजा सुल्तान अब्दुल्लाहले मलेसियाका लागि राजदूत नियुक्त भएकामा पौडेललाई बधाई दिएका थिए । त्यसक्रममा राजा सुल्तान अब्दुल्लाहसँग पौडेलले नेपाल र मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी गरेका जनाइएको छ ।

राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति भण्डारीका तर्फबाट नेपाल भ्रमणको निमन्त्रणा समेत दिए ।

राजा सुल्तान अब्दुल्लाहले विश्वको सर्वोच्च शिखर सगरमाथा अवलोकनका लागि नेपाल भ्रमण गर्ने आफ्नो इच्छा रहेको बताए ।

सो अवसरमा मलेलिया र नेपालमा हालै भएको आम निर्वाचनबारे समेत कुराकानी भएको नेपाली दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077