Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनाव भएको ११ दिनपछि बाजुरामा मतगणना सुरु

काठमाडौं । लामो समयदेखि मतगणना हुन नसकेको बाजुरामा साढे ३ बजेदेखि सुरु भएको छ । ११ बजे बोलाएको सर्वदलीय बैठकमा जुरेको सहमति अनुसार मतगणना सुरु भएको हो ।

मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निर्णय गरेको थियो ।

आयोगको निर्णयपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार र आज बिहान सर्वदलीय बैठक बोलाएको थियो । तर बैठक निष्कर्ष विहीन बनेको थियो ।

तेस्रो पटक बोलाएको बैठकमा विमति जनाउँदै आएको नेकपा एमाले पनि सहभागी भएपछि मतगणना गर्ने सहमति बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077