Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्याङ्जा २ को मतगणना आज साँझदेखि सुरु हुने

काठमाडौं । स्याङ्जा क्षेत्र नं.२ को मतगणना शुरु गर्नका लागि अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाइएको छ ।

निर्वाचन आयोगले तत्काल मतगणना शुरु गर्न निर्देशन दिएपछि आजबाट मतगणना सुरु गर्ने तयारी गरिएको हो ।

आज ४ बजे बोलाइएको सर्वदलीय बैठकपछि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

लामो समयको अन्योलबीच निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने र मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।

मङ्सिर ४ गते सम्पन्न भएको मतदानको ११ दिनपछि मतगणना सुरु हुन लागेको हो ।

चापाकोट नगरपालिकाको चार बुथमा धाँधली गरी बुथ कब्जा भएको नेकपा एमालेले आरोप लगाउँदै पुनः मतदानको माग गर्दैआएको छ । कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077