Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्याङ्जा २ र बाजुरामा मतगणना गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको हो । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा विवाद भएपछि ती स्थानमा पुन: निर्वाचन गराउन माग गरिएको थियो।

निर्वाचनमा बाजुरामा कांग्रेस र एमालेले बुथ कब्जा गरेको एकअर्को आरोप छ। मतदानस्थलमा एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद हुँदा दुईजनाले ज्यान गुमाएका थिए।

स्याङ्जामा मतगणनाको क्रममा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै अन्य पार्टीका उम्मेदवारहरुले विरोध गरेपछि गणना रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077