Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • राप्रपा नेपालको निष्कर्ष – चुनावी परिणामबाट हिन्दुराष्ट्रको एजेन्डा कमजोर भयो

    राप्रपा नेपालको निष्कर्ष – चुनावी परिणामबाट हिन्दुराष्ट्रको एजेन्डा कमजोर भयो

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 933
    SHARES

    काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले चुनावी परिणामबाट राष्ट्रवादी विचारधारा र हिन्दुराष्ट्रको एजेन्डा कमजोर भएको निष्कर्ष निकालेको छ ।

    मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो । पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा जानु परेकाले चुनाव जित्न सक्ने संगठन निर्माण हुन नसकेको उसको ठहर छ ।



    ‘पार्टी पुनर्जागृत भएको वर्ष दिन पनि नपुग्दै चुनावमा होमिनुपरेको कारण चुनाव जित्न सक्ने खालको संगठन निर्माण हुन नसकेको, संस्थागत रूपमा प्रभावकारी चुनावी अभियान सञ्चालन हुन नसकेको तथा न्यूनतम साधनस्रोतको समेत व्यवस्था हुन नसकेको तितो यथार्थलाई स्वीकार तथा आत्मालोचना गर्दै कमीकमजोरीबाट पाठ सिकेर आगामी दिनमा थप सशक्त ढंगबाट अघि बढ्ने राप्रपा नेपाल प्रतिबद्धता व्यक्त गर्दछ,’ सो पार्टीको बैठकको निर्णयमा भनिएको छ ।



    राप्रपा नेपालको सचिवालय बैठकले निर्वाचनमा देखिएको कमजोरी र भोलिका दिनमा अवलम्बन गर्ने नीतिबारे अध्ययन गरी सुझाव दिन उपाध्यक्ष विष्णु भण्डारीको संयोजकत्वमा समिति बनाएको छ ।

    यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी हारको नैतिक जिम्मा आफूले लिने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको चुनाव चिह्न लिएर लडेका थापा पराजित भएका थिए । उनको पार्टीका अन्य सदस्यले समेत उल्लेख्य मत ल्याउन नसकेकोमा उक्त हारको नैतिक जिम्मा आफूले लिने थापाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार