Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उदयपुर १ मा १०० मतपत्र बदर गरेर गणना सुरु

उदयपुर। उदयपुर क्षेत्र नं.१ को मतगणना सुरु भएको छ । १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु गरिएको हो ।

बदर भएका मतपत्रहरु उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा २ अन्तर्गतका हुन् । प्रदेश सभा २ तर्फका १०० वटा मतपत्र दोहोरो परेकाले ती मतपत्रहरु बदर गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मंसिर १० गते मतगणनाको क्रममा खोलिएका जनता मावि, श्रीपुर (क), जनता मावि, देउरी (क), जनता मावि, देउरी (ख), जनता मावि, देउरी (ग),

अम्वेवर मावि, राजावास (क), बालमन्दिर मावि, बोक्से (ख), मावि चिलाउने ख समेत १० वटा मतदान केन्द्रहरुको मतपेटिका खोली मिसाइएका मतपत्रहरु बदर हुनेछन् ।

मतगणनाको क्रममा प्रतिनिधि सभा तर्फको प्रत्यक्षतर्फको मतपेटिकाभित्र प्रदेश सभा २ अन्तर्गतका प्रत्यक्षतर्फका १०० थान मतपत्र फेला परेपछि मतगणना रोकिएको थियो ।

अहिले पनि मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उदयपुर क्षेत्र नं.१ मा नेपाली कांग्रेसका डा। नारायण खड्का र मञ्जु कुमारी चौधरीबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077