Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन शाहको प्रश्न - देशमा शान्ति सुरक्षा छ कि छैन, राजधानीमा खुलेआम आतंकवाद भयो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरेका छन् । सोमबार राति एउटा भिडिओ शेयर गर्दै मेयर बालेनले यस्तो प्रश्न गरेका हुन् ।

उनले लेखेका छन् 'देशमा गृह मन्त्रालय , प्रहरी प्रसासन, शान्ति सुरक्षा छ कि छैन, देशको राजधानीमा खुलेआम आतंकवाद हुदा केन्द्र सरकार के हेरेर बसेको छ ?' सोमबार दिउँसो सुकुम्बासी बस्तीका अवैध संरचना भत्काउन पुगेका महानगर प्रहरीहरूमाथि आक्रमण भएको थियो ।

उनले शेयर गरेको भिडियोमा प्रदर्शनकारीले भनेका छन् 'बालेन शाहको ज्यान खतरामा हुन्छ अब । मर्न परे ज्यान दिन्छौं, सके त्यसलाई पनि मार्छौ ।'

सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३६ नगर प्रहरी घाइते भएका थिए ।

मंसिर ४ गतेभित्र नदी किनारामा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077