Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अझै सुरु भएन उदयपुर १ को मतगणना

उदयपुर । उदयपुर क्षेत्र नम्बर  १ को मतगणना आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको मतगणनाको क्रममा एक सयभन्दा बढी मतपत्र प्रदेशसभाको फेला परेपछि सुरु भएको विवादका कारण गणना रोकिएको हो ।

यो क्षेत्रको मत गणना आइतबार बिहान साढे १० बजेदेखि नै रोकिएको छ । नेकपा एमालेले पुनः मतदानको र नेपाली कांग्रेसले तत्काल मतगणनाको माग राखेका छन् ।

के गर्ने भनेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगमा पत्राचार गरेको छ । निर्वाचन आयोगबाट त्यसको जवाफ नआएकाले आज दिउँसो १ बजेसम्म मतगणना स्थगित गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उदयपुर क्षेत्र नं। १ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डा.नारायण खड्का र नेकपा एमालेबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा छन् । मतगणना रोकिनु अगाडिसम्म खड्काले अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077