Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तोसिमा कार्कीले भनिन् - यो जीत होइन जिम्मेवारी हो, गर्व गर्नलायक सांसद बनेर देखाउँछु

काठमाडौं । ललितपुरको क्षेत्र नम्बर ३ बाट विजयी बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीले मतदाताहरुप्रति आभार प्रकट गरेकी छन् ।

आज जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र लिएपश्चात छोटो सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले मतदाताहरुको आशालाई निराशामा परिणत नगर्ने बताइन् ।

डा. कार्कीले आफ्नो जीतलाई जिम्मेवारीका रुपमा व्याख्या गरिन् ।  उनले भनिन्, ‘विजय तबमात्र स्थापित हुन्छ, जब मैले तपाईंहरुसँग गरेका प्रतिबद्धता पूरा गर्न सक्छु । त्यही दिन जीतको उत्सव मनाउनेछु ।

यो जीत होइन, जिम्मेवारी हो । म यसलाई विजयी जुलुसका रुपमा होइन, जिम्मेवारी यात्राको सुरुवातका रुपमा मनाउन चाहन्छु ।’

उनले आफू प्रतिनिधिपात्र मात्र रहेको भन्दै जीतको श्रेय यस क्षेत्रका मतदाताहरुमा टक्र्याउने बताइन् । जनताको आशाؘ–विश्वासलाई हृदयभित्र जगेर्ना गर्ने उनले बताए ।

पाँच वर्ष सदनमा समग्र देशवासीले गर्व गर्नलायक सांसद बनेर उभिने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077