Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुगुमा मतगणना सुरु

मुगु । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ ।

भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका सङ्कलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।

आज बसेको सर्वदलीय बैठकबाट राजनीतिक सहमति जुटाएर बिहान ८ः३० बजेदेखि मतगणना सुरु भएको महतले बताए।

उनका अनुसार मुगुमा ३४ हजार नौ सय ६२ मतमध्ये २६ हजार छ सय १५ (७४.४९ प्रतिशत) मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077