Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुल्मी-१ मा राति १० बजेदेखि मतगणना हुने

काठमाडौं । गुल्मीको अर्बेनीमा स्थगित भएको मतदान मंगलबार सम्पन्न भएको छ ।

गुल्मीको निर्वाचन क्षेत्र नम्बर-१ को कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको 'क' र 'ख' केन्द्रमा स्थगित भएको मतदान मंगलबार पुनः गरिएको हो ।

मतदान सकिएपछि मतपेटिकाहरू सदरमुकाम तम्घास ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ।

सर्वदलीय बैठकपछि मंगलबार राति १० बजेदेखि नै मतगणना शुरु गरिने जनाइएको छ ।  यस क्षेत्रमा ६९६८३ जनाले मतदान गरेका छन् ।

प्रतिनिधि सभातर्फ गुल्मी १ मा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवाली प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077