Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङमा मतगणना सुरु

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मंगलबार अपराह्नदेखि सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ ठाउँमा मतगणना सुरु भएको छ ।

बझाङबाट प्रतिनिधिसभा सदस्य पदका लागि सात जनाको उम्मेदवारी रहेको छ । नेकपा (एमाले) बाट ऐनबहादुर महर र लोकतान्त्रिक-वाम गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी प्रतिस्पर्धामा छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमराज जोशी, जनता समाजवादी पार्टी (जसपा) नेपालका रामबहादुर जाग्री र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077