Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कालीकोटमा दिउँसो १ बजेदेखि मतगणना हुने

    कालीकोटमा दिउँसो १ बजेदेखि मतगणना हुने

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 720
    SHARES

    मान्म । कालीकोटमा प्रतिधिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आज अपराह्न १ बजेदेखि गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ ।

    जिल्लाका सबै मतदान केन्द्रको मतपत्र सङ्कलन भैसकेको र मतगणनाका लागि सर्वदलीय बैठकले अपराह्न १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए ।



    कालीकोटमा प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपा (एमाले)का नगेन्द्र शाही स्वतन्त्रका काशिचन्द्र बराल उम्मेदवार रहेका छन् ।



    त्यस्तै, कांग्रेस विपीका पङ्खबहादुर विष्ट, नेमकिपाका खड्कराज शाही, राप्रपाका धनबहादुर बुढा र अर्का स्वतन्त्र धनप्रसाद पाण्डे उम्मेदवार रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार