Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलाली क्षेत्र नम्बर ५ को मतगणना मंगलबार सुरु हुने

कैलाली । कैलाली क्षेत्र नम्बर ५ मा आज मतगणना नहुने भएको छ ।

मुख्य निर्वाचन कार्यालयले भर्खरै एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । मतगणना बिहान ८ बजेबाट सुरु हुनेछ ।

आज भएको सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएको थियो ।

मुख्य निर्वाचन अधिकृतको स्वास्थ समस्याको कारण देखाउदै दिउँसो ३ बजेसम्म दलहरूसँग समय मागेका थिए । तर साढे ४ बज्दा समेत मतगणना सुरु नभएपछि नाराबाजी समेत भएको थियो ।

‘मतगणनास्थलमा आफ्ना प्रतिनिधि राख्न चाहेमा एक घण्टा पहिले नै मुख्य निर्वाचन अधिकृत समक्ष उपस्थित हुनुपर्ने, यदि गणना सुरू हुँदासम्म उपस्थित नभए पनि गन्न सुरू गरिने छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077