Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको कार्यालय घोराहीमा दाङ-२ को मतगणना सुरु भएको छ  ।

दाङ २ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्मा, नेकपा एमालेबाट शंकर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्जिनियर विशाल अधिकारी लगायत प्रतिस्पर्धामा छन् ।

त्यस्तै क्षेत्र नम्बर ३ मा एमालेबाट कोमल वली र कांग्रेसबाट दीपक गरी प्रतिस्पर्धामा रहेका छन् ।

दाङ क्षेत्र नम्बर ३ मा भने मतगणना सुरु भएको छैन । दाङ-१ मा नेकपा एसका मेटमणि चौधरी र एमाले उम्मेदवार शान्ता चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । मेटमणि चौधरी सहरी विकासमन्त्रीसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077