Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोरङ ४, ५ र ६ को मतगणना दिउँसो १ बजेदेखि, अरु क्षेत्रको सर्वदलीय बैठक जारी

विराटनगर । मोरङ जिल्लाका तीन क्षेत्रको मतगणना दिउँसो देखि मात्र मतगणना शुरु हुने भएको छ ।

सोमबार बिहान बसेको तीनवटै निर्वाचन क्षेत्रको संयुक्त सर्वदलीय बैठकबाट १ बजेदेखि एकैपटक मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन कार्यालय अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

त्यसैगरी क्षेत्र नम्बर १ र २ को मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको जनाइएको छ ।

गएराति १ बजेसम्म मतपेटिका संकलन गरिएको थियो । मतपेटिका भण्डारण गरिएको कोठाहरूलाई सिलबन्दी गरी कडा सुरक्षा घेराभित्र राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077