काठमाडौं । डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन । परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले मतगणना सुरु गर्न ढिलाइ भएको हो ।
मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले मतपेटिका अझैं पुगि नसकेको बताउँदै सबै मतपेटिका ११ बजे पुग्ने र त्यसपछि सर्वदलिय बैठक बसेर छलफल भएपछि मतगणना सुरु हुने बताएका छन् ।
मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ ।
डडेलधुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेको समर्थन पाएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही लगायत उम्मेदवार छन् ।
Leave a Reply