Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँचथरमा सोमबार दिउँसोदेखि मतगणना गरिने

फिदिम । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँचथरमा ५४ प्रतिशत मत खसेको छ।

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ३९ हजार छ सय ३७ जना पुरुष र ३५ हजार दुई सय ६१ महिला गरी ७४ हजार आठ सय ९८ जना मतदाता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा कूल एक लाख ३८ हजार नौ सय ३२ मतदाता थिए। करिब ५४ प्रतिशत मतदाताले मतदान गरेको सो कार्यालयले जनाएको छ।

जिल्लामा अहिले बिहानसम्ममा सबै मतदान केन्द्रका मतपेटिका मतगणनास्थलसम्म ल्याइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मध्याह्नबाट मतगणना थाल्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077