Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदान केन्द्र भित्रै पटका पड्केपछि मोरङको बुढीगंगामा मतदान स्थगित

मोरङ । मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो ।

लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।

विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो ।

बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रहरीले जनाएको छ ।

त्यहाँ मतदान फेरि सुरु गर्न आवश्यक तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077