Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्वीटरमा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको पुनरागमन

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा पुनरागमन गरेका छन् ।

ट्वीटरले उनको निलम्बित अकाउन्टलाई पुनर्बहाली गरेको हो ।

ट्वीटरका नयाँ प्रमुख एलन मस्कले यसअघि डोनाल्ड ट्रम्पका बारेमा जनमत सर्वेक्षण गरेका थिए । यस क्रममा युजर्सहरुसँग ट्वीटरमा ट्रम्पको पुनरागमन हुनु पर्छ कि पर्दैन भन्ने सोधिएको थियो ।

सर्वेक्षणमा लगभग ५२ प्रतिशत अर्थात् १५ मिलियन युजर्सले ट्रम्पको पुनरागमनको पक्षमा मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077