Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ४० करोड लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ४० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले कोषको पैसा एक वर्षका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको रुपमा राख्ने भएको हो ।

मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले २०७९ मंसिर ८ गतदेखि २०८० मंसिर ९ गतेसम्म कुल ३६७ दिनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा सो रकम राख्ने जनाएको हो ।

सूचना अनुसार केन्द्रीय बैंकले कुल रकम मध्ये ३२ करोड रुपैयाँ वाणिज्य बैंकमा, ६ करोड रुपैयाँ विकास बैंकमा र २ करोड रुपैयाँ ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि छुट्याइएको छ ।

निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरुलाई बैंकले कात्तिक २९ गते मंगलबारदेखि मंसिर १ गतेसम्म राष्ट्र बैंकको आधिकारिक अनलाइन पोटलमार्फत आवेदन दिन आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077