Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पैदल यात्रा कार्यक्रममा ओली सहभागी, नागरिकले फूल मालाले गरे स्वागत

काठमाडौं । नागरिक समाज र स्वतन्त्र अगुवाले आज पैदल यात्रा कार्यक्रम गरेका छन् ।

मङ्गलबार नागरिक समाज र स्वतन्त्र अगुवाहरुले आयोजना गरेको पैदल यात्रा कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् ।

चुनावी प्रचारप्रसारकै निरन्तरताका रुपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गरेका हुन् । ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको सहभागितामा पैदल यात्रा गरिएको हो ।

पैदल यात्राका क्रममा अध्यक्ष ओलीसहित दलका प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई नागरिकले फूल मालाले स्वागत गरेका थिए ।

साथै उनले पैदल यात्रापछिको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

निर्वाचनको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ने चुनावी प्रचारप्रसार तीव्र पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077