Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुर-३ मा तोसिमा कार्कीको उम्मेदवारी कायमै

काठमाडौं । सर्वोच्च अदालतले ललितपुर- ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीको  उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले

दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

मेडिकल काउन्सिलको सदस्यका रूपमा लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीको मनोनयन खारेज गरिदिएको थियो ।

उनको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077