Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन विरोधि गतिविधि गरेको भन्दै विप्लव समूहका दुई जना पक्राउ

मुस्ताङ । निर्वाचन विरोधि गतिविधि गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा 'विप्लव' समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

विप्लवका दुई कार्यकर्तालाई मुस्ताङको घरपझोङ गाउँपालिका-१ छैरोबाट नियन्त्रणमा लिएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन बहिष्कार गरौं, निर्वाचन खारेज गर लगायतका निर्वाचन विरोधी सन्देश प्रवाह गर्ने,

पर्चा पम्प्लेट टाँस्ने र भित्ते लेखन गर्दै हिँडिरहेको अवस्थामा नेकपा विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज शुशिला विक र प्रकाश विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077