Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • निर्वाचनका लागि तीन लाख सुरक्षाकर्मी फिल्डमा

    निर्वाचनका लागि तीन लाख सुरक्षाकर्मी फिल्डमा

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 819
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी करिब ३ लाख सुरक्षाकर्मी फिल्डमा पुगेका छन् ।

    हाल, चारै सुरक्षा निकायले जिम्मेवारीअनुसार फिल्डमा अपरेसन सुरु गरिसकेका छन् । उनीहरूले मतदान र केन्द्र रहने स्थान गस्तीसहित सूक्ष्म निगरानी थालिसकेका छन् । सरकारले निर्वाचनका लागि तीन तहको सुरक्षा घेरासहितको एकीकृत निर्वाचन सुरक्षा योजना बनाएर सुरक्षाकर्मी खटाएको हो ।



    सरकारले बनाएको सुरक्षा योजनाअनुसार बाहिरी अर्थात् पहिलो घेरामा नेपाली सेना र दोस्रो तहको घेरामा सशस्त्र प्रहरीले सुरक्षा दिनेछ । सशस्त्रले जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृत कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको सुरक्षाको जिम्मा पनि पाएको छ । मतदान र मतदान केन्द्रको भित्री सुरक्षामा नेपाल प्रहरी र म्यादी प्रहरी रहने छन् ।



    सरकारले गत स्थानीय तह निर्वाचन र त्यसअघि २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि यस्तै सुरक्षा रणनीति कायम गरी सुरक्षाकर्मी खटाएको थियो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार