Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिमाली जिल्लाका मतपेटिका बाकस ल्याउन हेलिकोप्टर प्रयोग गरिने

गोरखा । हिमाली जिल्लामा मतदानपछि मतपत्रका बाकस सदुमुकामसम्म ल्याउन हेलिकोप्टर प्रयोग गरिने भएको छ ।

मतगणना कार्य सम्पन्न गर्न आयोगले यस्तो व्यवस्था गर्न लागेको हो ।

हिमाली जिल्लामा मतपत्र खसालिएका मतका बाकस सदरमुकाममा ल्याएका मात्रै गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

मतपत्रसहित निर्वाचन सामग्री हेलिकोप्टरबाटै पुर्‍याएका ती जिल्लामा मतदानपछि मतका बाकस सदरमुकाममा ढुवानी गर्न हेलिकोप्टर प्रयोग गरिने भएको हो । मतदान भएको १० दिनभित्रै परिणाम बाहिर ल्याउने आयोगको तयारी छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077