Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको इरानको दाबी

एजेन्सी । इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ ।

इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर (आईआरजीसी) का वरिष्ठ कमान्डर अमिर अली हाजिजादेहले इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गरेको दाबी गरेका हुन् ।

यो क्षेप्यास्त्रको गति उच्च रहेको र यसले पृथ्वीको वायुमण्डलभित्र र बाहिर दुवैतर्फ चल्न सक्ने वरिष्ठ कमान्डर हाजिजादेहले बताए ।

नयाँ क्षेप्यास्त्र सबै क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट अघि बढ्न सक्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077