Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजेन्द्र लिङदेनको प्रश्न - ८० वर्षका देउवालाई फेरि प्रधानमन्त्री बनाउँदा देश बन्छ त ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले एकचोटी यो देश बनाउन राप्रपालाई मद्दत गर्न आग्रह गरेका छन् ।

बिहीबार सिन्धुपाल्चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताउका हुन् ।

उनले ८० बर्ष पुग्न लागेका कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्दा देश बन्छ त ? भनेर प्रश्न समेत गरे ।

लिङदेनले मत माग्दै भने, ‘यो राप्रपालाई मद्दत हुँदैन । तपाईहरुलाई नै मद्दत हुन्छ ।’

उनले कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरुले पनि छातीमा हात राखेर तीनै पार्टीका नेताहरुलाई कति पटक भोट दिँदा देश बन्छ होला ? भनेर प्रश्न गरे ।

‘शेरबहादुर देउवा आज पाँचौपटक यो देशको प्रधानमन्त्री हुनुहुन्छ । ७९ वर्षको उमेरमा हुनुहुन्छ । के उहाँलाई छैठौचोटी ८० वर्षको उमेरमा प्रधानमन्त्री बन्ने मौका दिँदा चाहिँ देश बन्छ होला त ?’, लिङदेनले अरुको नाम नलिने भन्दै प्रश्न गरे ।

उनले अरु पार्टीले नेपाललाई विकास गर्नुको साटो अरवियनको नोकर उत्पादन गर्ने काम मात्रै गरेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077