Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई विप्लवको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्पूर्ण नेताकार्यकर्ता तथा पार्टी पंङ्तिलाई भूकम्प पीडितको उद्धार तथा राहत कार्यमा खट्न निर्देशन दिएका छन् ।

महासचिव विप्लवले बुधबार प्रेस विज्ञप्ती जारी गरेर गएराति डोटीमा भूकम्पमा परी दुःख र अप्ठ्यारामा परेकाहरुको तुरुन्त उद्धार तथा राहत कार्यमा खट्न र आवश्यक सम्पूर्ण साथ सहयोगमा जुट्न नेता कार्यकर्ता तथा पार्टी पंङ्तिलाई निर्देशन दिएका हुन् ।

भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ७ जना गम्भीर घाइते भएका छन् ।

भूकम्पका कारण ८ घर पूर्णरुपमा क्षति भएका छन् । सरकारले उपचार र राहतमा कुनै कमी आउन नदिने आश्वसन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077