Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन विरोधी गतिविधि गर्ने विप्लवका चार कार्यकर्ता पक्राउ

म्याग्दी । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा म्याग्दीमा नेत्रविक्रम चन्द 'विप्लव सि' का चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेकपा सिका उषा मगर, नविन सि, रोहित सि र विशाल सन्यासी रहेका छन् । बेनीको जिपपार्कमा भित्तेलेखन गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

उषा नेकपा सिका जिल्ला सेक्रेटरी, नविन सि युवा संगठनका जिल्ला अध्यक्ष हुन् ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन बहिष्कारका लागि अपिल गर्दै भित्तेलेखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077